टेलिकमले ल्याएको फाइबर टु द होम सेवामा थप सुविधा

Spread the love

काठमाडौं, ८ साउन ।   नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवामा सुविधा थप गरेको छ ।

एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिन्छ । यसअघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि ५ साउनदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ ।

नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ । टेलिकमले प्रबद्र्धनात्मक अफर अन्तर्गत यो सेवा लिने ग्राहकका लागि कम्पनीको नेटवर्कभित्र मात्र कल गर्न मिल्नेगरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *