घट्यो सुनको मूल्य, आज कतिमा भएकाे छ कारोवार ?

Spread the love

काठमाडौं, १ जेठ  । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, मंगलबार सोमबार तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार पनि बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँै कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *