दाहालद्धारा केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौँमा रेल आउने दाबी

Spread the love

काठमाडौँ, ३० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्ष भित्र चीनको ल्हासाबाट काठमाडौँमा रेल आउने दाबी गरेका छन् ।

विभूति सीता जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तपाई हामी जीवित रहँदारहँदै काठमाडौँमा रेल ल्याउने कामको सुरुवात भईसकेको उल्लेख गर्दै त्यसलाई लुम्विनीसम्म लैजाने योजना तय गरिएको पनि बताए ।

अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पारे ।उनले चीनको ल्हासा हुँदै काठमाडांै र काठमाडौंबाट लुम्विनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले लुम्विनी–पशुपति–जनकपुरलाई जोड्ने एउटा सर्किट दशेभित्रै बन्न जरुरी रहेको पनि बताए ।उनले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *