आईपीएल क्रिकेट खेल आज फाइनल : उपाधीका लागि मुम्बई र चेन्नेइ भिड्ने

Spread the love

काठमाडाै, २९ वैशाख । इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको आज फाइनल खेल हुदै छ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन् ।

आज साझ ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ । तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ ।

तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई पाखा लगाउँदै फाइनल पुगेको हो । अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका कारण उपाधि कुन टिमले जित्ला भन्ने सबैको कौतुहलता जागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *