आईपीएल क्रिकेट : आज मुम्बई र चेन्नई बीच प्रतिस्पर्धा

Spread the love

 भरतपुर २४ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पहिलो क्वालिफायर खेल हुँदै छ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा हुनेछ ।

मुम्बई आइतबार राति कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा पुगेको हो । आइतबार नै भएको खेलमा पञ्जाबसँग ६ विकेटले पराजित भएपछि चेन्नई दोस्रो स्थानमा झरेको हो ।

यसै गरी भोलि बुधबार हुने एलिमिनिटरमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्ससँग खेल्ने छ । इलिमिनेटर खेल नेपाली समयअनुसार बुधबार साँझ ७ः४५ बजे विशाखापट्टनममा हुनेछ । दिल्ली प्रतियोगिताको तेस्रो स्थानमा छ भने हैदरावाद कोलकत्ता पराजित भएपछि चौथो स्थानमा आइपुगेको हो ।

एलिमिनिटरको विजेता टोलीले क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ । खेल शुक्रबार साँझ ७ः४५ बजे विशाखापट्टनममा नै हुनेछ । प्रतियोगिताको उपाधिका लागि हुने फाइनल खेल भने आइतबार साँझ ७ः४५ बजे हैदरावादमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *