थाइल्यान्डका राजा बाजिरालंकर्नले आफ्नै अंगरक्षकसँग गरे चौंथो बिहे

Spread the love

एजेन्सी, १९ बैशाख । राज्याभिषेकको तीन दिनअघि थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अगंरक्षकसँग चौंथो बिहे गरेका छन्।

   आफ्नै अंगक्षकलाई विवाह गरी रानी बनाएका छन्।

६६ बर्षीय नरेशले ४० बर्षीया सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ।

सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन्।

 शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन्।

त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले लेखेका छन्।

थाई नरेश युवराजले नै उनलाई राजदरबारको  सुरक्षा हेर्ने निकायमा राखेका थिए। युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२मा पदक पाइन्।

 अहिले सम्म उनले छ वटा पदक पाइसकेकी छन्।

सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरियो। आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर ‘फुल जनरल’ बनाएका थिए। अहिले  सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन्।

बुवा भुमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन्। उनको राज्याभिषेक आउँने शनिबार हुँदैछ।

राज्याभिषेक अघिनै आफ्नी प्रेमिकालाई नरेशले औपचारिक रुपमा रानीको दर्जा दिन चाहेको देखिन्छ। नरेश र सुथिदाबीच प्रेम सम्बन्ध भएको थाई राजदरबारमा चर्चा चलेपनि त्यसबारे सार्वजनिकरुपमा टिकाटिप्पणी भएका थिएनन्।

थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन। केही विदेशी संचारमाध्यमले भने यो प्रेमबारे लेखेका थिए।

थाई नरेशले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए।उनीहरू बीच १३ बर्ष लामो वैवाहिक सम्बन्ध थियो।

यो भन्दा पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *