इरानमा बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्याे

एजेन्सी, ३ वैशाख । इरानमा हालै आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । गत महिना आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको हो । खोजी तथा उद्धार कार्य जारी रहेकाले जनधनको क्षतिको विवरण आउन अझै बाँकी छ ।

पछिल्लो समय इरानका दक्षिण–पश्चिम क्षेत्रका दुई प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित छन् ।  प्रायः सुक्खा भइरहने इरानको पश्चिमी क्षेत्रमा यसै महिना वर्षापछि ठूलो बाढी आएको थियो । बाढीका कारण लाखाैं मानिस विस्थापित छन् ।

बाढीले इरानमा घर, सडक, पूर्वाधार र कृषि     क्षेत्रमा ठूलो असर गरेको छ । ‘बाढीले चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएका छन्,’ यातायातमन्त्री मोहम्मद इस्लामीले भने । मन्त्री इस्लामीले बाढीका कारण सात सय २५ पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।

इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले समस्या निम्त्याएको बताए । बाढीपछि  इरानलाई छिमेकी मुलुकले राहत र सहयोग उपलब्ध गराएका थिए ।

फ्रान्सले  दुई सय १० टेन्ट र एक सय १४ पम्प उपलब्ध गराएको छ । यसैबीच, इरानको पूर्वीक्षेत्रमा ठूलो वर्षासहित बाढी आउने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *