देशका विभिन्न ठाउँमा ३ दिनसम्म असिनासहित वर्षा हुने सम्भावना

 एजेन्सी, ३ बैशाख ।  नेपालमा अझै ३ दिनसम्म मौसममा सुधार नआउने मौसमविद्हरुले बताएका छन् । सोमबार अपरान्हको समयमा देशका विभिन्न ठाउँमा असिनासहित वर्षा भयो । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको मौसमविद्हरुले बताएका छन् ।

उनीहरुका अनुसार अब लगातार तीन दिनसम्म मौसममा कुनै सुधार आउने छैन ।आगामी तीन दिनसम्म कुनै–कुनै ठाउँमा हल्का घम लागेपनि कतिपय स्थानमा बादलसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

यस वर्ष अधिकांश समय मौसममा उतार चढाव आइरहेको छ । निरन्तर बर्षाले किसानहरुमा राहत भए पनि यसले निकट समयमा नै खडेरी ल्याउने होकी भन्ने चिन्ता पनि देखिएको मौसमविद्हरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *