कास्कीका पत्रकार अर्जुन गिरीलाई साइबर क्राईमको अपराधमा पक्राउ

पोखरा, २ वैशाख ।  स्थानीय ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य अर्जुन गिरीलाई साइबर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए । समाचारमा बतासले दुई व्यवसायीबाट ४ करोड २३ लाख ठगी गरेको दाबी गरिएको छ । केही दिनअघि व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो ।

पक्राउ परेका पत्रकार गिरीलाई सोमबार नै काठमाण्डौं लगिएको छ । कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले केन्द्रिय अनुसन्धान ब्युरोको निर्देशनानुसार पक्राउ गरिएको बताए ।उनलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघ कास्कीले विरोध जनाएको छ ।

समाचारमा चित्त नबुझे नियमनकारी निकाय हुँदाहुँदै साईवर क्राईमको उजुरी दर्ता गर्ने र पक्रिने काम गलत भएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । महासंघले तत्काल रिहाईको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *