राष्ट्रपति भण्डारी बैशाख ११ मा चीन भ्रमणमा जाँदै

 एजेन्सी ,२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी बैशाख ११ गते चीन भ्रमणमा जाने भएकीछिन् ।जहाँ राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग भेटवार्ता गर्नेछिन् ।

चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई० को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि राष्ट्रपति भण्डारी चीन जान लागेकी हुन् । उक्त सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ। राष्ट्रपति भण्डारी सियान हुँदै बेइजिङ पुग्ने कार्यक्रम तय भएको छ ।

सियान भ्रमण सकेर राष्ट्रपति बेइजिङ जाने छिन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी चिनफिङसंग पनि भेटवार्ता गर्नेछिन् । जहाँ नेपाल-चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।यता चीनले नेपालका राष्ट्रपतिको स्वागतका लागि पहिलो पल्ट रातो कार्पेट बिछ्याउन लागेको छ ।

अघिल्ला राष्ट्रपति डा.रामवरण यादवले दुई पटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन् । चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपछिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई द्विपक्षी बनाउने भएको छ । अप्रिल २५ देखि बिआरआईको दोस्रो शिखर सम्मेलन बेइजिङमा हुँदैछ।

चीनले एसिया, अफ्रिका र युरोपलाई जल र जमिनबाट जोड्ने लक्ष्यसाथ ल्याएको बिआरआईमा नेपालले हस्ताक्षर गरिसकेको छ। जसमा नेपालले सहभागिता जनाउँदैछ तर भारतले भने उक्त सम्मेलनमा सहभागी हुन अस्वीकार गरेको छ । चीनले यस सम्मेलनमा भाग लिनका लागि भारतलाई निम्तो गरेपनि भारतले भने निम्तो नै अस्वीकार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *