चार दिन देखि हराएका १९ वर्षीय युवकको शव फेला

काठमाडौँ, २ वैशाख । कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका युवकको शव फेला परेको छ । चार दिन देखि हराइरहेका कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल बडायकको सोमबार शव भेटिएको हो ।

गाउँ नजिकैको खोलामा बडायकको शव फेला परेको प्रहरीले जनाएको छ । उनले लगाउने गरेको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि हत्या भएको आशंका गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक युवतीसहित केही व्यक्तिलाई पक्राउ गरेको छ। टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *