बालुवाटार बेचिएपछि प्रधानमन्त्री निवास अगाडी भ्रष्टाचार बिरुद्ध प्रर्दशन

काठमाडौँ, २ वैशाख । विवेकशील साझा पार्टीले आज शनिबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि सडकमा भ्रष्टाचार बिरुद्ध प्रर्दशन गरेको छ ।

पार्टीले देशभर भ्रष्टचारको बिरोधमा दबाब सृजना गर्ने उदेश्यले बालुवाटार अगाडी सडकमा प्रर्दशन गरेको जनाएको छ । आज बिहान १० बजे पार्टीले “ठूला माछा समाउ अभियान” अन्तर्गत रहेर शान्तीपूर्वक प्रर्दशन गरेको हो ।

विवेकशीलले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पास भएको ,हायात र बबरमहललगायत देशभरका सरकारी जग्गा भ्रष्ट नेता, भूमाफिया, प्रशासक र व्यापारीले आफ्नो नाममा ल्याएको भन्दै प्रर्दशन गरेको हो ।

 बिरोध प्रर्दशनमा विवेकशीलका नेता तथा कार्यकर्ताहरुले नेपालको झण्डासहित ‘भ्रष्ट नेता भूमाफिया, भ्रष्ट व्यापारी भ्रष्ट प्रशासक, बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान् होसियार, भ्रष्टाचार कहिलेसम्म जनता सचेत नभएसम्म’ लेखिएको प्ले कार्ड बोकेर प्रर्दशन गरेका हुन्

। बालुवाटारभित्रको सरकारी जग्गा प्रकरणमा सत्तारुढ पार्टीका महासचिव विष्णु पौडेल मुछिएपछि यसको चौतर्फी बिरोध भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *