घट्यो सुनको मूल्य

काठमाडौँ , २९ चैत । सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य ६० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै तेजावी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी तोलाको १० रुपैयाँले घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *