संचारमन्त्री बास्कोटाद्धारा प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण

काठमाण्डौं, २८ चैत्र । सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ ।संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाउनु भएको हो ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको पनि स्मरण गराउनु भयो ।

मन्त्री बास्कोटाले सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको पनि स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले सो जग्गा किनबेच नभएको स्पष्ट पार्नु भयो ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले सरकारी चिकित्सकहरुलाई आन्दोलन छाडेर आफ्नो काममा फर्कन पनि सचेत गराउनु भयो । उहाँले सरकारी चिकित्सकहरुको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहो¥याउनु भयो ।

मन्त्री बास्कोटाले जनतालाई सेवा दिने कुरामा बेवास्ता गरिरहे सरकारी चिकित्सकहरुलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *