गोकुल बास्कोटा : सेतो कोट लगाए भन्दैमा म विशेष हु भन्न मिल्छ ?

काठमाडौँ, २८ चैत ।  सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकारी चिकित्सकहरुको आन्दोलनप्रति आक्रोश पोखेका छन् । उनले चिकित्सकले सेतो कोट लगाए भन्दैमा म विशेष हु भन्न नमिल्ने बताए ।

समायोजनमा जानै पर्छ, म जहाँ छु त्यहाँ उपचार गर्न आउनुपर्छ भन्ने घमण्ड त्यागे हुन्छ, यस्तो अब चल्दैन, सेतो कोट लगाएर घमण्ड गर्न पाइँदैन’, बास्कोटाले भने ।उनले सेतो बर्दी लगाएर आन्दोलन गर्न नमिल्ने बताए ।

उनले सरकारले खटाएको ठाउँमा चिकित्सक जानै पर्ने बताए । डाक्टरहरुले मर्यादा नाघ्ने हो भने सरकारले बाध्य भएर कारबाही प्रक्रिया सुरु गर्ने बताए । बास्कोटाले चिकित्सकहरु सहमति नजिक रहेको पनि ब ताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *