बिष्णु माझि र सन्दीप न्यौपानेको ‘लालुमै’ गीत छोटो समयमा नै करोड भ्यु (भिडियाे)

बुटवल, २८ चैत । बिष्णु माझि र सन्दीप न्यौपानेको चर्चित लोक गायक सन्दीप न्यौपानेको  स्वरमा रहेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केही समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमै बोलको गीतले अत्यधिक दर्शकहरूको साथ पाउन सफल भएको छ । छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बढी दर्शकहरूले हेरिसकेका छन् ।

गीतमा ‘पिरती’ ‘सताएर’ ‘रुमकी’ ‘हाँसुम’ ‘भैछ’ ‘जुरेली’ ‘मोया’ ‘लालुमै’ ‘हिँत्ति’ ‘मरिजाउँ’ ‘ढाँटे’ ‘दोबाटो’ जस्ता गाउँमा बोलिने ठेट नेपाली भाषाका शब्द प्रयोग गरेका छन् ।

लालुमै फरक र भिन्दै गीत बनेका कारण पछेउरी लेउ बैना, कसलाई सोध्ने होला, हास्न सिकायौजस्ता गीतहरू भन्दा पनि हमालको यो पछिल्लो गीत बढी चर्चामा छ। चर्चित गायक तथा मोडल सन्दीप न्यौपाने र चर्चित लोक गायिका विष्णु माझीको सुमधुर स्वरमा रहेको यो गीतमा शिव हमालको शब्द तथा सङ्गीत छ भने गीतको एरेन्ज आशिष् अविरलले गरेका हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस गीत अहिले सर्वाधिक चर्चामा रहेको छ । नेपाली साङ्गीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउँदा गीतको निर्माण पक्ष आफूलाई हौसला मिलेको बताउँछन् । लोक शैलीको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् ।

भिडियाे हेर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *