जुम्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी प्रमोद खरेलसंग

एजेन्सी , २६ चैत ।  यतिबेला विश्वभर यदि कुनै एप सर्वाधिक लोकप्रिय छ भने त्यो हो टिकटक । यो विश्वभर आफनो देशको गीत संगीतका प्रचार प्रसार गर्ने राम्रो माध्यम बनिरहेको छ भने यसले धेरैलाई सेलिब्रेटी नै बनाईदिएको छ ।

केही समय अगाडीमात्र एक म्युजिक भिडियोमा काम गरेका यी दिदीबहिनीले दोस्रो म्युजिक भिडियोमा पनि काम गरेका छन ।टिकटकबाट राम्रो फ्यानफलोईङ कमाएका प्रिस्मा र प्रिन्सीले दोस्रो कामको रुपमा चर्चित एवं लोकप्रिय गायक प्रमोद खरेलसंग काम गर्ने मौका पाएका छन् ।

आफनो कला प्रस्तुत गर्ने राम्रो माध्यम बनिरहेको टिकटकको लोकप्रियता नेपालमा पनि उस्तै छ । जहाँ कतिपय प्रयोगकर्ताहरु सेलिब्रेटी नै बनेका छन् । तीमध्य पर्ने नाम हो जुम्याहा दिदीबहिनी प्रिस्मा र प्रिन्सी खतिवडा ।

प्रमोदको आवाजमा रहेको नयाँ गीतको भिडियोमा प्रिस्मा र प्रिन्सीले काम गरेका हुन् । भद«गोलका कलाकार एवं निर्देशक दिपक आचार्यको निर्देशनमा बनेको भिडियोमा यी दुईले काम गरेका हुन् । चर्चित गीत झुम्कावाली कै शैलीमा आउन लागेको उक्त गीत चाडै नै रिलिजको तयारीमा रहेको छ । यसअघि प्रमोदले ल्याएको गीत झुमा झुम्कावाली दर्शक तथा श्रोताहरुले निकै रुचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *