सीडीएमए नेटवर्क सन् २०२२ बाट बन्द हुने

एजेन्सी , २२ चैत्र ।  सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए सेवा बन्द गर्ने निर्णय गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरण व्यवस्थापनले गत फागुन १४ गते निर्णयका लागि समितिमा सिफारिस गरेको थियो। उक्त सिफारिसको आधारमा समितिले निर्णय गरेको जनाइएको छ।

समितिले हाल सीडीएमएका लागि प्रयोगमा आएको ८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीलाई रिफर्मिङ गर्न सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द गर्ने निर्णय गरेको उल्लेख छ।

यसअघि सेवा प्रदायकले ८ सय र १८ सय ब्यान्ड फ्रिक्वेन्सीमार्फत सीडीएम सेवा प्रदान गर्दै आएका थिए। त्यसमध्ये १८ सय ब्यान्डबाट उपलब्ध सीडीएमए सेवा पूर्ण रूपमा बन्द भइसकेको छ ।

टेलिकमले देशभर थ्रीजी र फोरजी सेवा विस्तार गरेसँगै सीडीएमए सेवा बन्द गर्ने भनिएको छ। सीडीएमए सेवा बन्द गरेपछि अहिले सीडीएमएका लागि प्रयोग भएको ८ सय मेगाहर्ज ब्यान्डको ६ मेगाहर्ज फ्रिक्वेन्सी फिर्ता लिने गरी थप १० मेगाहर्ज दिने निर्णय भएको थियो। अन्नपूर्णपोस्टमा रञ्जनहरि कोइरालाले समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *