कविता किन ?

हुमा सुर्यबंशी ,बुटवल , ८ चैत । छर्दा छर्दै कल्कलाउछ ,दुई दिनमै सर्दछ
अरुलाई बचाउदै , आफुले त मर्नु पर्दछ
अक्सिजन बनि दिन्छौ, उसले बाच्नु पर्दछ
भेल आउछ पुल बन्छौ, उसले सागर तर्दछ

हिड भन्दै गोरेटोमा, बिचत उसले छर्दछ
यात्राभरि तिम्रो लागि किन, धारिलो त्यो कर्दछ
दिनमा बादल चट्याङ, रातमा झरि झर्दछ
उसलाई हासि खुसि, तिमिलाई किन दर्दछ

फल्न फुल्न सिक भन्दै, झुट्को मलम भर्दछ
बढ्नै नदिई सल्बलाउदै, व्वाँसो सरि चर्दछ
तिमि माता जननी हौ , जय जय कार गर्दछ
किन ? फेरि रावण बनि, सर्वस्व उहि हर्दछ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *