रुपन्देहीकाे सैनामैना नगरपालिका मुर्गियामा खिचडी महोत्सव

बुटवल २९ पाैष । प्रदेश नं ५ का उपसभामुख कृष्णी चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटन र उद्योगसँग जोड्न आवश्यक भएको बताएकी छन् । रुपन्देही सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा आयोजना भएको तीन दिने ‘खिचडी महोत्सव’मा उनले भनिन्, “थारु समुदायलाई आर्थिकरुपमा सशक्त बनाउन पर्यटन र उद्योग बलियो आधार हो ।”

उपसभामुख चौधरीले थारु समुदायको संस्कार र संस्कृति मौलिक भएको उल्लेख गर्दै थारु समुदायको संस्कारको जर्गेना गर्नुपर्ने आवश्यकमाथि जोड दिइन् ।
प्रदेशसभा सदस्यद्वय पुष्पा चौधरी र कमला विश्वकर्मा, सैनामैना नगरपालिकाका उपप्रमुख विना राना, थारु कल्याणकारी सभाका पूर्वअध्यक्ष खुशीराम चौधरी, सभाका सचिव चन्द्रमान चौधरीलगायतले थारु सुमदायको संस्कार र संस्कृतिको संरक्षण आवश्यक भएको बताएका थिए ।

उक्त महोत्सवमा थारु संस्कृतिसँग सम्बन्धित झुमरा नाच, डबवा नाच, लठ्ठी नाच प्रदर्शन हुनुका साथै विभिन्न थारु परिकारको उपभोग गरिएको थियो ।

माघेसङ्क्रान्ति सखिय हो माघिक पिली गुरी जाँर भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धुमारु’ भनिन्छ । माघको दोस्रो दिन खिचडी खाने चलन छ, त्यसलाई ‘खिचरिहवा’ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *