तीन मिनेटको दुई गोलले डुबायो, गोल नै नगरी अर्को टिमले जित्यो

पाैष २९ । रेलिगशनबाट जोगिन संघर्ष गरिरहेको फुलह्याम आफूले तीन गोल गरेर पनि पराजित भयो, जबकी बर्नली एक गोल पनि नगरी विजयी भएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा घरेलु टोली बर्नलीले गोल नै नगरी जित दर्ता गरेको हो । तीन गोल गरेको फुलह्याम २–१ ले पराजित भयो । अर्थात फुलह्यामले दुईवटा आत्मघाती गोल गरेको हो भने एउटा गोल आफ्ना लागि गरेको हो ।

दोस्रो मिनेटमा नै आन्द्रे सोरले सुन्दर भली गोल गर्दै फुलह्यामलाई सुरुवाति अग्रता दिलाए । तर २० देखि २३ मिनेटको बिचमा सम्हालिन नसक्दा लिएको अग्रता मात्रै गुमेन टिमले महत्वपूर्ण खेलमा घातक हारको सामना गर्‍यो ।

२० औँ मिनेटमा फुलह्यामका डिफेन्डर जो ब्रायनले जोगाउने क्रममा आफ्नै पोस्टमा गोल गरे । यस्तै २३ औँ मिनेटमा डेनिस ओडोइले फेरि आत्मघाती गोल गरे । यसले बर्नलीलाई गोल नै नगरी जित दिलायो ।

तीन मिनेटमा दुईवटा आत्मघाती गोलले फुलह्यामलाई स्तब्ध बनायो । पुछारबाट दोस्रो स्थानमा रहेको फुलह्यामको २२ खेलबाट मात्रै १४ अंक छ । २१ अंक बनाएको बर्नली १५ औँ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *