‘ज्यानमारा’ छाउगोठ भत्काइयो

बाजुरा, २८ पुस । बुढीनन्दा–९ अंगाउपानीको छाउगोठ स्थानीयले भत्काएका छन्। मंगलबार राति त्यही छाउगोठमा निसासिएर दुई बालक छोरासहित ३५ वर्षीया अम्बा बोहोराको मृत्यु भएको थियो।

‘मृतकको परिवारकै सदस्य रहेका वडा अध्यक्ष खड्क बोहोरा र गाँउका महिलाहरूले शुक्रबार गोठ भत्काए’, स्थानीय रिउली बोहराले भनिन्, ‘त्यो गोठ १० परिवारका महिलाले प्रयोग गर्थे।’

गाँउका अरु तीन गोठ भने अहिले पनि जस्ताको तस्तै छन्। घरपरिवार र समाजको दबाबले गोठमै बस्नुपर्ने रिउलीले बताइन्। ‘मृतक अम्बा बोहोराका जेठा ससुरा झाँक्री भएकाले घरमा बस्न पाइँदैन’, उनले भनिन्, ‘अहिले गोठ त भत्काए, थाहा छैन यी मान्छेका मन कहिले भत्किने हुन् ? ’ अन्नपुर्णपोस्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *