सिरियाबाट अमेरिकी सेना फिर्ता हुँदै

बेरुत , पुस २७ । सिरियामा तैनाथ अमेरिकी सैनिकहरु फिर्ता हुनेक्रम सुरू भएकाे छ । अमेरिकी सैनिक प्रवक्ता कर्णेल सीन रायानले  विज्ञप्ति जारी गर्दै सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएकाे छ,’सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न ।’

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ ।

 अमेरिकी राष्ट्रपतिको डाेनाल्ड ट्रम्पकाे घोषणापश्चात अमेरिकी सैनिकको फिर्ता हुन लागेकाे हाे । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *