आठ महिनाको शिशुको शव बाँसको झारीमा

धनगढी, पुस २७ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ फुलबारी ‘ए’ गाउँमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।

बाँसको झारीमा झन्डै आठ महिनाको शिशुको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार बिहान फेला परेको शवलाई पोष्टमार्टमका लागि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याइएको कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *