बाबुले चलाएको गाडीले किच्दा १५ वर्षीय छोराको मृत्यु

दमौली, २७ पाैष । तनहुँमा आज बाबुले चलाएको गाडीले किचेर छोराको ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु बालक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर बिश्वासलाई किच्दा घाईते भएका थिए ।

थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यतिबेला बुवा र गाडी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *