अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

सन्धिखर्क, २७ पाैष । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ७ देउरालीमा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

दुर्घटनामा भुमिकास्थान नगरपालिका, ५ बस्ने फुर्सीदेवी बर्मेलको उपचारको क्रममा ज्यान गएकाे हाे । दुर्घटनामा चालक किष्ण थापा क्षेत्री सहित  चार जना घाइते भएका हुन् । घाइतेहरूकाे जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।

लु १ ज १७६८ नम्बरको जिप सन्धिखर्कबाट तम्घास जाँदै गर्दा दुर्घटनामा भएकाे जिपमा सवार यात्रु गिता पन्थीले बताईन् । घाइते दुई जनालाई थप उपचारको लागी पाल्पा लगिएकाे छ ।

दुर्घटनामा परि घाइते हुनेहरुमा छत्रदेब गाउँपालिका, ४ अर्घाखाँची बस्ने वर्षीय सरिता पाण्डे, चालक  दरबारदेवीस्थान गाउँपालिका, ३ गुल्मी बस्ने कृष्णबहादुर थापा, रेसुङ्गा नगरपालिका, ७ बस्ने गिता पन्थी र सन्धिखर्क नगरपालिका,१२ बस्ने सिमकला कुवँर रहेका यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *