ब्लु क्रस अस्पताल प्रा.लि. र सेञ्चुरी कमर्सियल बैंक बीच सम्झौता

काठमाडौं, पुस २३ । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वर, काठमाण्डौंस्थित ब्लु क्रस अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंैकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *