पूर्वराष्ट्रपति यादव चिकित्सा सेवामा फर्किने

काठमाडौँ, २१ पाैष । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गरेका छन् ।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् । उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको बताए ।

यादव राजनीतिमा आउनु अघि बीपी कोइरालाको निजी चिकित्सक थिए । कोइरालाकै संगतमा उनी राजनीतिमा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *