थुनामा रहेका रेशम चौधरी अन्तत: संसद् भवन छिर्ने भए, आजै शपथ

chauda

चौधरीले बिहीवार बिहान ११ः३० बजे सांसदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रेशमले सिंहदरवारस्थित संघीय संसद सचिवालयमा शपथ ग्रहण गर्नेछन् ।

राजपा नेपालले चौधरीलाई सांसदको सपथ ग्रहण नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको थियो ।

चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

चौधरी गत वर्ष मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए ।

निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।

कैलाली जिल्ला अदालतले चौधरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *