गुल्मीमा चार बर्षमा ६८ दुर्घटना, ५५ को मृत्यु

हुमाकान्त पोखरेल

गुल्मी, १८ मंसिर । गुल्मीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन बर्षमा मात्रै ५५ वटा दुर्घटना भएका छन् । जसमा परि ४८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३५ पुरुष, १० महिला र तीन बालबालिका रहेका छन् ।

भने १३८ जना घाइते भएका छन् । घाइतेमध्ये ८६ जना गम्भिर ५२ जना सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७२÷७३ मा कुल २८ सवारी साधन दुर्घटनामा परेका छन् ।

जसमध्ये पाचँवटा बस, सातवटा जिप÷कार, छ वटा ट्याक्टर र ११ मोटरसाइकल रहेका छन् । दुर्घटनाबाट १९ जनाको ज्यान गएको छ । जसमध्ये १५ जना पुरुष रहेका छन् । महिला र बालबालिका दुई÷दुई जना छन् ।

सोहि बर्ष ३७ जना गम्भिर घाइते भएका छन् । जसमध्ये २८ पुरुष, दुई महिला र ६ बालबालिका रहेका छन् । त्यस्तै १४ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये महिला र पुरुष छ÷छ जना तथा चारजना बालबालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार पौड्यालले जानकारी दिए ।

आर्थिक बर्ष २०७३÷७४ मा १९ सवारी दुर्घटनामा परेका छन् । जसमध्ये बस र ट्रक एक÷एक वटा, जिप÷कार र ट्याक्टर सात÷सात वटा तथा मोटरसाइकल तीनवटा रहेका छन् ।

दुर्घटनामा परि छ पुरुष, तीन महिला र एक बालबालिका गरी १३ जनाको मृत्यु भएको छ । भने २१ जना गम्भिर र १६ जना सामान्य घाइते भएका छन् ।

गम्भिर घाइतेमध्ये १३ पुरुष, दुई महिला र छ बालबालिका छन् । त्यस्तै १० पुरुष, दुई महिला र चार बालबालिका सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आर्थिक बर्ष २०७४÷७५ मा कुल १७ दुर्घटना भए । जसमा बस दुईवटा, जिप÷कार चारवटा, ट्याक्टर पाचँवटा, मोटरसाईकल पाचँवटा र अन्य एउटा सवारी दुर्घटनामा परे । सोहि बर्षको दुर्घटनामा परि १९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये १४ जना पुरुष र पाचँ जना महिला रहेका छन् । सोहि आर्थिक बर्षमै दुर्घटनामा परि २८ जना गम्भिर घाइते भएका छन् ।

भने २२ जना सामान्य घाइते भएका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, छ महिला र पाचँ बालबालिका रहेका छन् । भने सामान्य घाइतेमध्ये १७ पुरुष, एक महिला र चार बालबालिका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तिन बर्षमा ७७ लाख संकलन

गुल्मीमा पछिल्लो तिन बर्षमा सवारी कारवाहि संङ्ख्या र राजस्व पनि बृद्धि हुँदै गएको छ । कुल १३ हजार ८५५ सवारी कारवाहिबाट ७७ लाख नौ हजार १०० संकलन गरिएको छ रकम संकलन भएको हो । जसमध्ये आर्थिक बर्ष ०७२÷७३ मा तिन हजार ७४० सवारी कारवाहिमा परेका छन् । जसबाट १६ लाख १४ हजार ६०० राजस्व संकलन भएको छ ।

त्यस्तै आर्थिक बर्ष ०७३÷७४ मा पाचँ हजार ३१३ सवारी कारवाहिबाट ३२ लाख एक हजार राजस्व संकलन भएको छ । भने आर्थिक बर्ष०७४÷७५ मा चार हजार ८०२ सवारी कारवाहिबाट २८ लाख ९३ हजार ५०० राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चार महिनामा १३ दुर्घटना, सातको मृत्यु

गुल्मीमा पछिल्लो चार महिनामा १३ सवारी दुर्घटना भएका छन् । जसमा सातजनाको ज्यान गएको छ । २१ जना गम्भिर घाइते भएका छन् भने ११ जना सामान्य घाइते भएका छन् । आर्थिक बर्ष २०७५÷७६ को साउनदेखि कार्तिकसम्म सो दुर्घटना भएका हुन् । जसमध्ये साउनमा जिप र ट्याक्टर एक÷एकवटा दुर्घटना भए । जसमा एक पुरुषको ज्यान गयो भने अर्का घाइते भए ।

भदौमा दुई जिप र एक ट्याक्टर गरी तिन सवारी दुर्घटनामा परे । जसमा पुरुष र महिला एक÷एक गरी दुईजनाको ज्यान गयो । भने चारजना गम्भिर र एकजना सामान्य घाइते भए । गम्भिर घाइतेमध्ये महिला दुईजना तथा पुरुष र बालबालिका एक÷एक जना रहेका जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । त्यस्तै एकजना पुरुष सामान्य घाइते भएका छन् ।

असौज महिनामा एउटा बस र एउटा जिप गरी दुई सवारी दुर्घटनामा परे । जसमा परि दुईजना पुरुषको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी हवल्दार देवी प्रसाद पौडेलले जानकारी दिए । सोहि महिनाका दुर्घटनामा परि एकजना पुरुष गम्भिर घाइते भएका छन् । भने कार्तिक महिनामा जिप र ट्याक्टर दुई÷दुईवटा दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

जसमा परि महिला र बालबालिका एक÷एक गरी दुईजनाको ज्यान गएको छ । भने पाचँ पुरुष, छ महिला र चार बालबालिका गरी १५ जना गम्भिर घाइते भएका छन् । त्यस्तै सोहि महिनामा सवारी दुर्घटनामा परि १० जना सामान्य घाइते भएका छन् । जसमध्ये एक पुरुष, पाचँ महिला तथा चार बालबालिका रहेको हवल्दार पौडेलले जानकारी दिए ।

चार महिनाको राजस्व १३ लाख

दुर्घटना बढेसँगै सवारी कारवाहिबाट संकलन गरिने राजस्व पनि बृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ । आर्थिक बर्ष २०७५÷७६ को पछिल्लो चार महिनामा मात्रै दुई हजार १५१ सवारी कारवाहिबाट १२ लाख ८३ हजार संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । भने १५ जनाको मापसे कारवाहिबाट १५ हजार संकलन गरिएको छ । कारवाहिमा पर्नेमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

कुल ९०९ मोटरसाईकलबाट आठ लाख ८५ हजार राजस्व संकलन गरिएको छ । साउन महिनामा ५१८ सवारी कारवाहिबाट तिन लाख २७ हजार तथा पाचँ मापसेबाट  पाचँ हजार संकलन गरिएको छ । सो महिनामा ४५ ट्रक कारबाहिबाट २८ हजार, १७ बस कारवाहिबाट आठ हजार ५००, १७३ जिप÷कार कारवाहिबाट एक लाख, २५ ट्याक्टर कारवाहिबाट १३ हजार ५०० तथा २५८ मोटरसाईकल कारवाहिबाट एक लाख ७७ हजार राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै भदौमा २२ ट्रक कारवाहिबाट १३ हजार ५००, ३७ बस कारवाहिबाट १८ हजार ५०० तथा २४१ जिप÷कार कारवाहिबाट एक लाख ३२ हजार राजस्व संकलन गरिएको छ । त्यस्तै १७ ट्याक्टर कारवाहिबाट नौ हजार, २४० मोटरसाईकल कारवाहिबाट एक लाख ५४ हजार तथा चार मापसे कारवाहिबाट चार हजार संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख पृत्वीनारायण काफ्लेले जानकारी दिए । असौजमा कुल ४६६ सवारी कारवाहिबाट दुई लाख ७० हजार संकलन भएको छ ।

जसमध्ये ४८ ट्रक कारवाहिबाट ३० हजार, ३३ बस कारवाहिबाट १६ हजार ५००, २१३ जिप÷कार कारवाहिबाट एक लाख २४ हजार ५०० संकलन गरिएको छ ।

४६ ट्याक्टर कारवाहिबाट २७ हजार ५००, १७३ मोटरसाईकल कारवाहिबाट एक लाख छ हजार ५०० संकलन गरिएको छ । भने तिन मादक पदार्थ सेवन गरी सवारी चलाउनेबाट तिन हजार राजस्व संकलन भएको छ ।

कार्तिकमा सबैभन्दा धेरै सवारी कारवाहिमा परेका छन् । कुल ६१० सवारी कारवाहिबाट तिन लाख ५९ हजार संकलन गरिएको छ । जसमध्ये १९ ट्रक कारवाहिबाट ११ हजार, ११८ बस कारवाहिबाट ६३ हजार ५००, २१३ जिप÷कार कार कारवाहिबाट एक लाख २४ हजार ५०० संकलन गरिएको छ । त्यस्तै २२ ट्याक्टर कारवाहिबाट १२ हजार ५००, २३८ मोटरसाईकल कारवाहिबाट एक लाख ४७ हजार ५०० तथा तिन मापसे कारवाहिबाट तिन हजार संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख काफ्ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *