सबिन, सारिका र आशिरको अभिनयमा मर्मस्पर्शी गीत अतितका पल बजारमा – भिडियो सहित

झविन्द्र भण्डारी, बुटवल, मंसिर २ । सबिन, सारिका र आशिरको अभिनयमा मर्मस्पर्शी गीत अतितका पल

“किन आउछ मेरी सानु याद फेरी तर्साउन
रोकिएका मेरी सानु आशुलाई बर्साउन
आए तिम्रा दिनै फुलेर
कति छिट्टै रमायौ है सानु
अतितका यादै भुलेर”

यि शब्द हुन भर्खरै मात्र बजारमा आएको निकै मर्मस्पर्शी लोक गीत अतितका पलको ।

नेपाली लोक सांगीतिक क्षेत्रमा फेरी एउटा निकै आशा लाग्दो गीत अतितका पल बजारमा आएको छ । शुभारम्भ डिजिटल म्यूजिकको प्रस्तुतीमा बिष्णु पाण्डेको लोक देहोरी गीत बजारमा आएको हो ।

निकै राम्रो सम्भावना बोकेर नेपाली सांगीतिक क्षेत्रमा होमीएका मोडल सबिन भण्डारी त्यस्तै पछिल्लो समयमा मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी मोडल सारिका केसी र अर्का चर्चित मोडल आशिर प्रताप जङ्गको अभिनयमा गीत बजारमा आएको छ ।

गीत बिष्णु पाण्डेको लय, शब्द अनि बिष्णु पाण्डे र उमादेबी खनालको आबाजमा सजिएको छ । गीतको भिडियो निकै आकर्षक बनेको छ । काठमाण्डौ आसपासका सुन्दर ठाउँहरुमा छायाँकन गरिएको भिडियोमा सबिन भण्डारी, सारिका केसी र आशिर प्रताप जङ्गको अभिनय रहेको छ ।

शुभारम्भ डिजिटल म्यूजिकले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा निर्देशन मुनाल स्मृति तिमिल्सना, सम्पादन प्रकाश धमला र छायाँकन सुरेश श्रेष्ठको रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *