सडक र कृषि क्षेत्रमा हाम्रो मुख्य प्राथमिकता छ – वडाध्यक्ष पौडेल

रुपन्देही जिल्ला भित्रको तिलोत्तमा नगरपालिका वडा नं. ८ को वडा कार्यालय मणिग्राम चोक देखी २.५ किलोमिटर पूर्व ज्योतिनगर ( मणिग्राम ४ नं. ) मा रहेको छ । वडा नं. ८ को कुल जनसंख्या ६३३२ रहेको छ । जसमा पुरुष ३२५६, महिला ३०७५ र तेस्रो लिङ्गी १ जनाको बसोवास रहेको छ । यस वडा भित्र ब्राहमण, क्षेत्री, गुरुङ, मगर, दलित, थारु गरि १६ जात जातिको बसोबास रहेको छ । यहाँको मुख्य धार्मीक तथा पर्यटकिय स्थल विन्धवासिनी मन्दिर सुर्यपुरा हो । यो वडाको पूर्वमा ११ नं. वडा, पश्चिममा ९ र १ नं. वडा, उत्तरमा करैया सामुदायिक वन र दक्षिणमा ७ नं. र ११ नं. वडा रहेको छ । जनप्रतिनिधिको रुपमा गत वर्ष तिलोत्तमा नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा कृष्णप्रसाद पौडेल निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधि लाई आम जनतासंग उत्तरदायी बनाउने लक्ष्य सहित खबर खुराक डट कमले सञ्चालन गरेको स्थानिय तह संग खबर खुराक अभियान मा तिलोत्तमा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पौडेल संग खबर खुराक कर्मीले गरेको कुराकानी –

१. तपाईं निर्वाचित भएपछि वडा भित्र गरेका नमुना योग्य कार्यहरु के – के छन ?
हामि २०७४ सालमा निर्वाचित भइसकेपछि त्यतीबेला यस बडाका धेरै सडकहरुमा खाल्डा खुल्डीले गर्दा जनताहरुलाई असहज भएको थियो त्यसका लागि हाम्रो पहिलो कार्य सडक मर्मत, त्यस संगै २०७४÷७५ को योजना अनुसार सडक ग्राभेल ग¥यो । यो वडामा स्वास्थ्यका क्षेत्रमा निकै समस्या रहेको थियो वडा नं. ७, ८ र ९ को करैया स्वास्थ्य चौकी त्यती ब्यवस्थीत नहुदा केही समस्या भएको थियो तर अहिले त्यस्तो छैन । गरिब तथा सहज स्वास्थ्य सुविधा नपुगेका विरामी हरुलाई मध्यनजर गर्दै वडाकै बजेटबाट ५ लाख रकम विनियोजन गरेर स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गरेका छौं । अहिले त्यहा दैनिक ५० भन्दा बढि विरामीको उपचार हुन्छ । पहिलेको तुलनामा हरेक समुदायका नागरिकलाई सहज स्वास्थ्य उपलब्ध भएको छ । यसका साथै केही सडकमा कालोपत्रे गर्ने कार्य, फोहोरमैला ब्यवस्थापन गर्ने कार्य, बिद्युत मर्मत र बिस्तार, खानेपानीलाई अझ ब्यवस्थित, कार्यालयबाट हुने दैनिक कार्य लगायत शिक्षा र कृषि क्षेत्रमा समेत केही कार्य भएका छन भने केही हुने क्रममा छन ।

२. चुनाबमा जनता संग गरेको प्रतिबद्धता अनुसार कार्य भएका छन त ?
चुनाबमा जनता संग गरेका सबै प्रतिबद्धता सुरक्षित राखेको छु । त्यही प्रतिबद्धतालाई आत्मसाथ गर्दै कार्यहरु अगाडी बढाइरहेको छु । कतिपय कार्य सम्पन्न हुदै छन भने कतिपय पाँच बर्ष सम्म अबश्य सम्पन्न हुनेछन । जनता ढुक्क भए हुन्छ । जनतालाई सहज सेवा सुविधा प्रदान गर्न हामि निरन्तर अगाडी बढेका छौं ।

३. वडा भित्र विकासका मुख्य प्राथमिकताहरु के–के छन ?
जनताको मर्म अनुसार विकासका हरेक क्षेत्रमा हाम्रो पहिलो प्राथमिकता रहदै आएको छ । मैले अगाडी पनि भनिसके सडक निर्माणमा हाम्रो पहिलो प्राथमिकता छ । त्यस्तै सहज स्वास्थ्य सुविधा का लागि पनि हामि निरन्तर लागि परेका छौं । त्यसका साथै शिक्षा का क्षेत्रमा कुरा गर्दा हाम्रो वडा भित्र सामुदायिक २ र संस्थागत ३ गरि ५ वटा विद्यालय छन । ति विद्यालयको शैक्षिक विकास गर्न हाम्रो निरन्तर अनुगमन देखि भौतिक विकासका लागि पनि विभिन्न निकाय संग सहकार्य गर्ने गरी अगाडी बढ्दै छौं । कृषि क्षेत्रमा यस वडाका मानिहरु ब्ढि संलग्न रहेकाले गर्दा हामि संग अझै पनि ६०–६५ प्रतिशत जमिन रहेको र त्यसको सिंचाईको लागि राम्रो प्रबन्ध मिलाउन लागि परेका छौं ।

त्यसैगरी महिलाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरेर महिलाहरुलाई स्वरोजगार गराउन तर्फ उत्प्रेरित भएका छौं । साथै विद्युतिकरणमा समेत जोड दिएका छौं भने अब्यवस्थित बसोबास लाई लगत लिएर त्यसको ब्यवस्थित गर्न तर्फ लागेका छौं । हाम्रो वडा भित्र ८ वटा टोल विकास समिति रहेका छन । ति सम्पूर्ण टोल विकास समितिले टोल टोलबाट योजना ल्याउनु हून्छ त्यही अनुसार हामि पनि अगाडी बढ्ने गर्दछौं । हाम्रा सबै सदस्यहरु हरेक समयमा खटिनु हुन्छ । समग्रमा भन्दा जनताको आबश्यकता अनुसार विकासमा प्राथमिकता दिएका छौं ।

४. पहिलो वर्ष स्थानिय तहको कार्य सम्पादनमा कस्ता चुनौतिहरु देखा परे ?
त्यस्तो चुनौति त खासै केही भएन । तर पनि करको विषयमा जनतालाई बुझाउन केही समस्या देखिएको थियो । अहिले त्यस्तो समस्या छैन हरेक कार्यमा जनतालाई प्रत्यक्ष सहभागि गराएर सम्पन्न गर्दा सहज भएको छ ।

५. विपक्षि दलहरु संग कस्तो सहकार्य रहेको छ ?
हामिले हरेक कार्य गर्दा सबै क्षेत्रका मानिसहरु लाई समेटेर अगाडी बढेका छौं । विकास निर्माणका कार्य र रचनात्मक कार्यमा सम्पूर्ण दलका ब्यक्तिहरुले निकै राम्रो सहयोग गरिरहनु भएको छ । सबैको सल्लाह, सुझाब अनुसार हामि अगाडी बढेका छौं । हरेक कार्य गर्दा प्रत्यक्ष रुपमा जनता संग नै सहकार्य गर्ने गर्दछौ ।

६. वडा भित्रका मुख्य समस्याहरु के–के छन ?
हाम्रो वडा भित्र सडको निर्माण गर्दा नालि ब्यवस्थापन मा केही समस्या देखिएको छ । यो वडा जङ्गली क्षेत्रको किनारमा पर्ने भएकाले जङ्गली क्षेत्रका किसानहरु जङ्गली जनावरले गर्दा खेती गर्न कठिनाइ भएको थियो । त्यसको समाधान गर्नका लागि यसै बर्ष २० लाख बिनियोजन गरेर बार जालि लगाएका छौं । अहिले केही राहत भएको छ । त्यस्तै फोहोरमैला ब्यवस्थापनमा समेत केही समस्या देखिएको थियो । त्यसको ब्यवस्थापनका लागि फोहोर फाल्ने र गाड्ने गर्नु भन्दा पनि घरैबाट सड्ने र नसड्ने फोहोर छुट्टाएर नसड्ने पलाष्टिकलाई उचित रुपमा ब्यवस्थापन गर्न तर्फ लागेका छौं । कुहिने फोहोरलाई जैबिक मल बनाउने योजना अनुरुप मेसिन खरिद गर्नका लागि सम्झौता समेत गरि सकेका छौं । आसा गरौ अब छिट्टै यसको समस्या समाधान हुनेछ ।

७. पाँच वर्षमा यो वडा कस्तो बन्छ ?
हामिले गरेका प्रतिबद्धता अनुसार कार्य गर्दै आएको छौं । भन्दा वित्तिकै सबै कुरा सम्पन्न त नहोलान तर पनि यो वडा हेर्न लायक, देख्न लायक, स्वच्छ र हराभरा बन्नेछ म ढुक्क छु ।

८. अन्त्यमा के भन्नुहुन्छ ?
जनताका आकांक्षाहरु धेरै छन । भन्दा बित्तिकै सबै पुरा गर्न नसकिएला तरपनि सबै जनता तथा हरेक राजनितीक दलका ब्यक्तित्वहरुको सल्लाह बमोजिम हामि अगाडी बढ्ने छौं । सबैको साथ र सहयोग भयो भने मात्र हाम्रा लक्ष्यहरु प्राप्त हुनेछन । अन्त्यमा अनलाईन मिडिया मार्फत वडा भित्र भए गरेका विभिन्न कार्यहरु तथा समस्याहरु राख्ने मौका दिनुभएकोमा खबर खुराक डट कमलाई धन्यबाद दिन चाहान्छु ।

याे पनि पढ्नुहाेस –

तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष चेत नारायण भण्डारी संग गरेको कुराकानी 

तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाध्यक्ष दधिराम गाैतम संग गरेको कुराकानी 

तिलोत्तमा नगरपालिका वडा नं. १७ का वडाध्यक्ष झविलाल भुसाल संग गरेको कुराकानी

स्थानीय तह संग खबर खुराक अभियान सञ्चालन

मोफसलको लोकप्रिय अनलाईन पत्रिका खबर खुराक डट कमले स्थानीय तह संग खबर खुराक अभियान सञ्चालन गरेको छ ।

जनप्रतिनिधि लाई आम जनतासंग उत्तरदायी बनाउने लक्ष्य सहित स्थानीय तहमा हुने गरेका हरेक गतिविधि हरुलाई समेट्ने उद्धेश्य सहित स्थानीय तह संग खबर खुराक अभियान सञ्चालन गरिएको हो ।

खबर खुराक डट कम मोफसलको राजधानि बुटवल बाट सञ्चारको जगतमा आफ्नो छुट्टै पहिचान बनाउने उद्धेश्य सहित स्थानिय मुद्धा र जनसरोकारका विषयमा ओकालत गर्दे सभ्य र शुसस्कृत समाज निर्माणमा तत्पर रहि भिजन न्युज नेटवर्क प्रा. लि तिलोत्तमा रुपन्देही द्वारा सञ्चालित भएको अन लाईन पत्रिका हो ।

हरेक खबरमा विशेष खुराक पस्कने हेतुका साथ जनताको सुचनाको हक अधिकारलाई मध्यनजर गर्दै विशेषत समाजबाट दबाइएका, उत्पिडनमा परेका वर्ग देखि राजनीति, संस्कृति, आर्थिक, तथा मनोरञ्जन लगायतका विभिन्न विधालाई समेट्दै केहि पृथक बन्न खोजिरहेको छ ।

राज्यको पुर्नसंरचना संगै निर्माण गरिएको स्थानिय निकायले आम जनतालाई पारेको प्रभाव अनि त्यस बाट उत्पन्न विकास प्रकृयाका विविध विषयलाई केलाउदै खबर खुराक अगाडी बढेको छ ।

यहि क्रममा पहिलो अभियान अन्तर्गत तिलोत्तमा नगरपालिका भित्रका हरेक वडा कार्यालयमा पुगी त्यहा भइरहेका गतिविधिलाई अनलाईनमा समेट्ने हाम्रो प्रयास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *