दुवै हात बिनाको हिम्मत – उदाहरण हुन रुपा रौतार

झविन्द्र भण्डारी, बुटवल, कार्तिक २० । सानै उमेरमा दुवै हात गुमाउन पुगेकी रुपा रौतार अहिले १६ बर्षकी भइन । उनले बुटवल खुख्खानगरको दिप बोडिङमा कक्षा ८ मा पढ्छिन । २०५८ सालमा कपिलवस्तुको वाणगँगा स्थित धनकौलीमा आमा इनद्रकला रौतार र बुबा विष्णु रौतारको कोखबाट जन्मिएकी रुपा रौतार निकै मेहनती र प्रतिभावान छिन । उनको परिचय यतिले मात्र पुग्दैन उनि एक कलाकार समेत हुन । सामान्य परिवारमा जन्मिएकी रुपाले विगत चार बर्षदेखि निरन्तर रुपमा बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्दै आइरहेकी छिन ।

दुवै हात गुम्दाको त्यो कालो दिन –
कपिलवस्तुमा रहेको वालज्योती स्कुलमा पढ्दै गरेकी रुपाका बुबा बैदेशिक रोजगारिका लागि विदेशिएका थिए । २०६२ सालको भदौमा स्कुलबाट साथिको घरमा पुगेकी रुपा घरको माथिल्लो तल्लामा पुगेको कसैलाई पत्तो भएन । केही क्षणमा ठुलो आबाज आयो माथी हेर्दा उनै रुपा करेन्ट लागेर भुइमा बजारिएकी थिइन । लगत्तै उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लगियो त्यहा उपचार सम्भव नहुने देखिएपछी उनलाई थप उपचारका लागि काठमाण्डौंको टिचिङ्ग हस्पिटलमा लगियो । तर त्यहा बच्चाको उपचार हुन्न भनेपछी रुपालाई कान्ति बाल अस्पतालमा राखियो । कान्तिमा राखेको ८ दिनका दिन उनको अप्रेसन भयो । उनको दुबै हातमा बढि असर परेको हुँदा हात नकाटे सम्म उपचार सम्भव देखिएन । विडम्बना उनका दुवै हात गुमे ।

रुपाको परिवार र दैनिकी –
सामान्य परिवारमा जन्मिएकी रुपाको दुवै हात गुमेपछी रुपाकै सपना साकार पार्न रौतार परिवार बुटवल झ¥यो । लामो समय देखि बैदेशिक रोजगारिमा रहेका रुपाका बुबा अहिले बुटवलको आम्दा अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत छन । उनकी आमा घरायसी काम देखी रुपाको रेखदेख गर्छिन भने उनको दाइले बुटवलमै पढ्छन । रुपा निकै मेहनती र लगनशिल छिन । रुपा विहान संगीत सिक्नका लागि बागेश्वरी संगीतालयमा जान्छिन । विद्यालय समयमा बुटवलको दिप बोडिङ पुग्छिन । पहिले कतै जानु पर्दा उनलाई अरु कसैको सहारा चाहिन्थ्यो तर अहिले त्यस्तो छैन । उनि एक्लै संगीत सिक्न जान्छिन, विद्यालय जान स्कुल वस चढि विद्यालय पुग्छिन । दिप बोडिङको कक्षा ८ मा पढ्दै आएकी रुपाको कक्षामा छुट्टै डेस्क, बेञ्च सहित बस्ने ठाउँ छ । खुट्टालेनै लेख्ने भएपनी उनको पढाई राम्रो छ । रुपाले आफ्ना दैनिक कार्य सहजै खुट्टाले गरेकी हुन्छीन । खाना खाने देखि मोवाइल समेत खुट्टाले नै चलाउछिन । उनी भन्छिन धेरै मेहनत गर्दै भविष्यमा राम्रो गायीका बन्ने लक्ष्य छ । रौतार परिवार हाल बुटवलको देविनगरमा बस्दै आइरहेको छ ।

रुपाको सांगीतिक यात्रा –
रुपाका दुवै हात गुमेपछी पहिले पढ्दै आएको विद्यालयले उनलाई पढाउन मानेन । कपिलवस्तुको होराइजन बोडिङले पढाउने भएपछी उनको पढाई त्यही सुरु भयो । पहिले कलम छोप्ने उनका हात थिएनन् जसका कारण रुपाले खुट्टालेनै लेख्न थालिन । होराइजनमै पढ्दै गर्दा त्यही अध्यापन गराउने शिक्षिका विष्णुमाया श्रेष्ठले रुपाको गीत गाउन सक्ने क्षमता पत्ता लगाइन । श्रेष्ठले रुपालाई बुटवल ल्याइन । बुटवलमा रहेको बागेश्वरी संगीतालयमा रुपाले निशुल्क संगीत सिक्न थालीन भने बुटवलकै दिप बोडिङमा आफ्नो अध्ययनलाई निरन्तरता दिन थालिन । दिप बोडिङले उनलाई अहिले पनि निशुल्क पढाउदै आइरहेको छ । दुवै हात गुमेपछी खुट्टाले लेख्दै आइरहेकी रुपाको पढाई पनि राम्रो भइरहेको छ । बागेश्वरी बाटै औपचारीक रुपमा सांगीतिक यात्रा सुरुवात भए संगै रुपाको परिवार बुटवल झर्याे । संगीतमा निकै रुची र लगाव राख्ने रुपाको भर्खरै मात्र हिम्मत भाकी छोरी गीती एल्बम बजारमा आएको छ ।

बरिष्ठ हास्य कलाकार हरिबंश अाचार्यले रूपा राैतारकाे हिम्मत भाकी छाेरी एल्बम लाेकार्पणा गर्दै

६ गीत संग्रहित उक्त एल्बममा शुरेस सेञ्चुरीको संगीतमा ५ गीत र एउटा गीतमा विशाल आत्रेयको संगीत रहेको छ । गीतहरुमा डा.कृष्णहरी बराल, शरला गाहा, तेज प्रसाद पाण्डे, दिनेश खड्का र शुरेस सेञ्चुरी आफैले लेखेका छन । एल्बम भित्रका हिम्मत भाकी छोरी र लेख्दैछु बोलको दुई गीत बजारमा आइसकेका छन । रुपा भन्छिन मलाई सधै हौसला प्रदान गर्ने मेरो परिवार, मलाई सांगीतिक बाटो देखाउने विष्णु म्याडम, निशुल्क रुपमा संगीत सिकाउने संगीत गुरु शुरेस सेञ्चुरी सर, अध्धयनमा सहयोग गर्ने दिप बोडिङ अनि संगीतलाई अगाडी बढाउन हौसला र सहयोग गर्ने विकास अग्रवाल सर तथा मलाई सहयोग गर्ने सम्पूर्ण लाई धेरै धरै धन्यबाद दिन्छु ।

रूपा राैतारका गीतहरू –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *