हाम्रो प्रयास जनतालाई सहज सेवा – वडाध्यक्ष भुसाल

रुपन्देही जिल्ला भित्रको तिलोत्तमा नगरपालिका वडा नं. १६ को वडा कार्यालय मधवलिया चोक देखी १ कि.मि पूर्व रहेको छ । करिब ६ हजार जनसंख्याको बसोवास रहेको यो वडामा तिलोत्तमा नगरपालिकाको सबै भन्दा बढी उद्योग तथा कल कारखाना रहेका छन । यो वडाको पूर्वमा तिलोत्तमा नगरपालिकाको वडा नं. १७ , पश्चिममा वडा नं. १५ कोटिहवा, उत्तरमा वडा नं. ७ भलवारी र दक्षिणमा ओमसतिया रहेको छ । जनप्रतिनिधिको रुपमा गत वर्ष तिलोत्तमा नगरपालिका वडा नं. १६ को वडा अध्यक्षमा झविलाल भुसाल निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधि लाई आम जनतासंग उत्तरदायी बनाउने लक्ष्य सहित खबर खुराक डट कमले सञ्चालन गरेको स्थानिय तह संग खबर खुराक अभियान मा तिलोत्तमा नगरपालिका वडा नं. १६ का वडाध्यक्ष भुसाल संग खबर खुराक कर्मीले गरेको कुराकानी –

१. तपाईं निर्वाचित भएपछि वडा भित्र गरेका नमुना योग्य कार्यहरु के – के छन ?
वडा अध्यक्षमा निर्वाचित भइसकेपछि विकासका कार्यलाइ जोड दिदै विभिन्न विकास निर्माण सम्बन्धि कार्य निरन्तर गर्दै आइरहेका छौ । वडा भित्र सडक निर्माण, बनेका सडकको स्तर उन्नती, शिक्षाका क्षेत्रमा विद्यालयहरुको शैक्षिक तथा भौतिक विकास, खानेपानी ब्यवस्थापन तथा फोहोर ब्यवस्थापन लगायत वडा भित्र हुने गरेका दैनिक कार्यहरु सञ्चालन गर्दै आइरहेका छौं ।

२. चुनाबमा जनता संग गरेको प्रतिबद्धता अनुसार कार्य भएका छन त ?
पक्कै पनि हामिले प्रतिबद्धता बमोजिम नै आफ्ना कार्यहरु अगाडि बढाइरहेका छौं । जनताहरुलाई सहज सेवा तथा सुविधा दिन हामि निरन्तर लागि परेका छौं । शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारका क्षेत्रमा हाम्रो पहिलो प्राथमिकता छ ।

३. वडा भित्र विकासका मुख्य प्राथमिकताहरु के–के छन ?
हाम्रो मुख्य प्राथमिकता विकास निर्माणका कार्यमा नै रहेको छ । सडक निर्माण तथा सडक विस्तार, शैक्षिक विकास, स्वास्थ्यका क्षेत्रमा आम जनतालाई सहज स्वास्थ्य सेवामा जोड, साथै विभिन्न तालिमहरु सञ्चाल गर्ने योजनामा छौं ।

४. विपक्षि दलहरु संग कस्तो सहकार्य रहेको छ ?
सबै संग हाम्रो सम्बन्ध राम्रो रहेको छ । विकासका कार्य गर्दा सबैको सुझाब सल्लाह अनुसार नै हामि अगाडी बढेका छौं । साथै प्रत्यक्ष रुपमा जनता संग नै सहकार्य गर्ने गर्दछौ । सबैको साथ सहयोग निकै राम्रो रहेकोछ ।

५. वडा भित्रका मुख्य समस्याहरु के–के छन ?
हाम्रो वडा तिलोत्तमा नगरपालिका कै बढि उद्योगहरु भएकोले गर्दा फोहोर ब्यवस्थापन मुख्य समस्या का रुपमा देखिएको छ । साथै सडक निर्माणमा पनि केही समस्या देखिएका छन । यस्ता बिबिध समस्यहरुलाई क्रमिक रुपमा समाधान गर्नेछौ ।

६. पाँच वर्षमा यो वडा कस्तो बन्छ ?
हामिले यस बडालाई नगरपालिकाकै उत्कृष्ट वडा बनाउने गरि कार्यहरु अगाडी बढाइरहेका छौं । स्तरिय सडक, हरियालि बाताबरण देखि हरेक पक्षलाई समुन्नत बनाउने छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *