विकास निर्माणका कार्यलाई मुख्य प्राथमिकता दिएका छौं – वडाध्यक्ष गौतम

रुपन्देही जिल्ला भित्रको तिलोत्तमा नगरपालिका वडा नं. २ को वडा कार्यालय संकरनगर चोक देखी ४०० मि. पूर्व रहेको छ । १६ सय घरधुरी रहेको वडा नं. २ मा करिब ९ हजार जनसंख्याको बसोवास रहेको छ । यहाँको मुख्य पर्यटकिय स्थल संकरनगर बन अनुसन्धान केन्द्र ( बन बाटिका ) हो । यो वडाको पूर्वमा संकनगर सामुदायिक बन, पश्चिममा शिद्धार्थ राजमार्ग, उत्तरमा बुटवल उप महानगरपालिका र दक्षिणमा संकरनगर बन बाटिका सडक रहेको छ । जनप्रतिनिधिको रुपमा गत वर्ष तिलोत्तमा नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा दधिराम गौतम निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधि लाई आम जनतासंग उत्तरदायी बनाउने लक्ष्य सहित खबर खुराक डट कमले सञ्चालन गरेको स्थानिय तह संग खबर खुराक अभियान मा तिलोत्तमा नगरपालिका वडा नं. २ का वडाध्यक्ष गौतम संग खबर खुराक कर्मीले गरेको कुराकानी –

१. तपाईं निर्वाचित भएपछि वडा भित्र गरेका नमुना योग्य कार्यहरु के – के छन ?
वडा अध्यक्षमा निर्वाचित भएपछि हामिले विकासकै कार्यलाई प्राथमिकतामा राखेर विभिन्न कार्य गर्दै आइरहेका छौ । मुलत कच्चि सडक गा्रभेल, बिग्रे भत्केका सडकको स्तर उन्नती, जनसंख्याको लगत संकलन, शिक्षाका क्षेत्रमा विद्याथीहरुका लागि खाजा तथा वडा भित्रका विद्यालयमा निरन्तर अनुगमन, हाटबजार ब्यवस्थापन तथा बजार अनुगमन, टोल विकास समिति मार्फत विकास निर्माणका कार्यहरु, खानेपानी र फोहोर ब्यवस्थापन, विभिन्न प्रकारका विरुवा बितरण लगायत वडा भित्र हुने गरेका दैनिक कार्यहरु सञ्चालन भइरहेका छन । हामि जनतालाई सहज सेवा प्रदान गर्न निरन्तर लागि परेका छौ ।

२. चुनाबमा जनता संग गरेको प्रतिबद्धता अनुसार कार्य भएका छन त ?
हामिले चुनाबमा प्रतिबद्धता गरे अनुसार नै कार्य अगाडी बढाइरहेका छौं । यहाका जनताहरुको लागि विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा रोजगारका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता अनुरुप नै अगाडी बढेका छौं । शिक्षाका क्षेत्रमा ठुलो लगानी गरेका छौं । कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्टाएर वडा भित्रका विद्यालयको भौतिक निर्माण देखि शैशिक विकासमा लागि परेका छौं । पहिलेको तुलनामा यो वडा हरेक क्षेत्रमा सुधारउन्मुख रहेको छ । तत्काल हामिले गरेका कार्य नदेखिए पनि दिगो विकासको मान्यतामा आधारित रहेर हामि अगाडी बढेका छौं ।

३. वडा भित्र विकासका मुख्य प्राथमिकताहरु के–के छन ?
हाम्रो मुख्य जोड विकास निर्माणका कार्यमा नै रहेको छ । सडक विस्तार कार्यलाई निरनतरता, स्वास्थ्यका क्षेत्रमा संकरनगर स्वास्थ्य चौकि मात्र रहेकोले आम जनालाई स्वास्थ्यका क्षेत्रमा सहज पहुच पु¥याउनका लागि स्वास्थ्य चौकिको स्तरोन्नती का लागि प्रयास गरिरहेका छौं । कतिपय दिर्घ रोगीहरुका लागि निशुल्क रुपमा अन्य हस्पिटलमा समेत उपचारको ब्यवस्था गराउने प्रबन्ध मिलाएका छौं । रोजगारिका क्षेत्रमा पनि विभिन्न प्रकारका तालिमहरु सञ्चालन गरिरहेका छौं ।

४. पहिलो वर्ष स्थानिय तहको कार्य सम्पादनमा कस्ता चुनौतिहरु देखा परे ?
त्यति धेरै चुनौतिहरु त रहेनन् तर पनि कानुन लागु गर्ने कार्यमा केही असहज भएपनि त्यस्तो गारो भने भएन । करको दायरामा यो बर्ष केही फरक पर्दा जनतालाई बुझाउनमा केही कठिनाई भएपनि अहिले भने सहज नै छ ।

५. विपक्षि दलहरु संग कस्तो सहकार्य रहेको छ ?
हामिले विकासका कार्य गर्दा सबै क्षेत्रका मानिसहरु लाई समेटेर अगाडी बढेका छौं । सबैको साथ सहयोग निकै राम्रो रहेकोछ । हामिले प्रत्यक्ष रुपमा जनता संग नै सहकार्य गर्ने गर्दछौ ।

६. वडा भित्रका मुख्य समस्याहरु के–के छन ?
यो नगरपालिका ग्रामिण स्तरबाट सहर उन्मुख भएकोले गर्दा फोहोर मैला ब्यवस्थापन, नालि निर्माण, स्तरिय सडक निर्माण जस्ता मुख्य विषयमा केही समस्या देखिएका छन । यस्ता समस्याहरुलाई क्रमिक रुपमा समाधान गर्न हाम्रो मात्र बजेटले सम्भब नहुने जस्तो भएकाले संघ, प्रदेश तथा दात्रि निकायहरुलाई त्यसका लागि पहल कदमी अगाडी बढाइरहेका छौ ।

७. पाँच वर्षमा यो वडा कस्तो बन्छ ?
यो वडा पाँच बर्षमा नगरपालिका भित्रकै उत्कृष्ट बनाउने गरि हामिले कार्यहरु अगाडी बढाएका छौं । वडा नं. २ भौगोलिक रुपमा समेत निकै मिलेको र यहाँका जनताहरु सचेत रहेकाले गर्दा हरियाली, स्वच्छ र नमुना वडा बन्ने छ । हरेक क्षेत्रमा जनता संग हातेमालो गर्दै अगाड बढ्नेछौं ।

याे पनि पढ्नुहाेस –

तिलोत्तमा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष चेत नारायण भण्डारी संग गरेको कुराकानी 

स्थानीय तह संग खबर खुराक अभियान सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *