जीपकाे ठक्करबाट पाल्पा तानसेन बडिज्ञानटाेलमा ९ महिने वालककाे मृत्युः ४ जना घाईते

पाल्पा, साउन २७ । पाल्पा तानसेनकाे बडिज्ञानटाेलमा जीपकाे ठक्करबाट ११ महिने वाललकाे मृत्यु भएकाे प्रहरिले जनाएकाे छ  ।

तानसेनकाे हुलाकचाेकबाट बसपार्क झरेकाे ग. १ च. ६७४८ नम्बरकाे जीपले बाटाेमा हिडेका बटुवासहितका मानिसहरूलार्इ ठक्कर दिएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

जीपले ठक्कर दिदा एक जना बच्चाकाे मृत्यु भएकाे र अन्य चारजना घाइते भएका छन् । जीपले ठक्कर दिँदा ११ महिनाका वालक वगनासकाली ३ पाल्पाका निसान्त बस्यालकाे मृत्यु भएकाे हो ।

घटनामा बगनासकाली ३ बर्ष ५का नविन बश्याल , बर्ष ४८ की लक्ष्मी बस्याल , सुनवल घर भएका बर्ष ५१का रामजि चौधरी  र तानपा ६ बर्ष ५० की कमला पाण्डे घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *