बुद्ध गौतमको मौलिक तीज कोसेली सातै तले दरबार बजारमा – भिडियाे सहित

बुटवल, साउन १७ । बुद्ध गौतमको तीज गीत सातै तले दरबार

हिन्दु नेपाली महिलाहरुको महान पर्व तीज भित्रिदै गर्दा यतिवेला बजारमा गीत संगीतलाई तीजले छपक्कै छोपेको छ ।

साउनको सुरुवात संगै विभिन्न कलाकारहरुलाई तीजका गीत बजारमा ल्याउन भ्याई नभ्याई भएको देखिन्छ । पछिल्लो समयमा बजारमा आइरहेका गीतहरुमा मौलिकता हराउदै गएको होकी भन्ने हल्ला चलिरहेकै अबस्थामा गायक बुद्ध गौतमले निकै मौलिक भाकामा उस्तै मौलिक शब्द सहित तीज गीत सातै तले दरबार बजारमा ल्याएका छन ।

२०७५ सालको तीजलाई लक्षित गरी बजारमा ल्याइएको गीत सातै तले दरबार निकै राम्रो बनेको छ ।

हे सबै आए माइतिको गाउँ तिर
हाम्रिनी बहिनी आउलीन बरिलै
हे बर्षै दिनको तिजको कोसेली
फुलबुट्टे फरिया लाउलीन बरिलै

बोलको गीत लय, शब्द बुद्ध गौतम अनी बुद्ध गौतम र शान्ता परियारको आबाजमा सजिएको छ ।

गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । अहिलेका चर्चित मोडलहरु दिब्य, पवन, यशु र हास्य कलाकार पुर्खे बा को अभिनय रहेको छ ।

बिन्ध्यवासिनी म्युजिक प्रालीले बजार ब्यवस्थापन गरेको गीतको भीडियोमा निर्देशन शन्तोष तन्डुकार, सम्पादन शक्ति प्रज्वल घिमिरे र छायाँकन नमराज घिमिरे को रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –

Leave a Reply

Your email address will not be published. Required fields are marked *