इन्टरनेटबाट सिकेको ब्यवसायमा लाखौको आम्दानी

नवराज ज्ञवाली, पाल्पा, साउन ८ । इन्टरनेटबाट सिकेको ब्यवसायमा लाखौको आम्दानी

वर्तमान समयमा दिनानु दिन नेपाली युवाहरुको मोह बैदेशिक रोजगार बनिरहेको अवस्थामा केही युवाले भने नेपाल भित्रै आफ्नै गाउँ ठाउँमा मेहनत गरेर लाखौ आम्दानी गरिरहेका छन । यस्तै मध्येका एक उदाहरणिय युवा हुन पाल्पा माथागढी गाउँपालिका २ रुप्से निवासी तारा प्र्रसाद पाण्डे ।

आजभन्दा चार वर्ष पहिला आफ्नै आमाको उपचारको लागि पाण्डे भारत गएका थिए । जहाँ उनका बाबाले काम गर्नु हुन्थ्यो । बाबाले उनलाई त्यही काम समेत खोजिदिनु भएको थियो तर बाबाले काम गरेको देख्दा उनलाई त्यो ठाउँमा बसेर काम गर्ने मन लागेन । अनि उनी एक्लै पाल्पा फर्किए ।

पाल्पा आएपछ्री आफ्नै ठाउँमा केही नयाँ ब्यवसाय गर्नु पर्छ भन्ने लक्ष्यका साथमा इन्टरनेटको सहायताबाट टर्की पालन सुरु गर्ने निधो गरे । जसका लागी ५ लाखको लगानीमा माडी टर्की फार्म सञ्चालन गरी पोखरा बाट ५१ वटा टर्की ल्याई ब्यवसायको सुरुवात गरे ।

कक्षा १२ सम्मको अध्ययन गरेका पाण्डेले लुम्बिनी अञ्चलमा नै पहिलो पटक शुरु गरेका यो व्यवसायमा अहिले सबैको आकर्षण बढ्दो छ । नयाँ व्यवसाय थालनी भएकाले पनि टर्की चरा हेर्नैका लागि उनको फार्ममा धेरै जना पुग्ने गर्छन् ।

पाण्डे सानै उमेरदेखि नै सूचना र प्रविधिको खोजी गर्ने कार्यमा निकै जिज्ञासु स्वभावका थिए । “सूचना प्रविधिमा विभिन्न खोज अनुसन्धान गर्दै जाँदा टर्की नामको पन्छ्री फेला प¥यो, पन्छी नयाँ र लाभदायिक ठानेपछि व्यवसाय शुरु गरेको हुँ” पाण्डेले भने ।

१२ देखि १५ केजीसम्मको उत्पादन लिन सकिने टर्कीको मासुमा चिल्लोपना अत्यन्त कम हुने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको पाण्डे बताउँछन् ।

स्थानीयस्तरमा यसको मासुको कमै महत्व रहे पनि पोखरा, काठमाडौँजस्ता ठूला शहरमा यसले राम्रो बजार पाएको छ । पाण्डेले अहिले टर्कीसँगै लोकल कुखुरा, कडकनाथ, लौकाट को ठुलो तथा चल्ला नेपाल भरी नै डेलीभरी गर्दै आइरहेका छन । पाण्डेले अहिले हप्तामा १०० भन्दा बढी टर्की, ५०० लोकल तथा १०० भन्दा बढि कडकनाथका चल्ला किसान लाई विक्री समेत गर्ने गरेका छन ।

पाण्डे भन्छन सुरुवात गरेका चार वर्षभन्दा बढि भयो एक डेढ वर्ष त सिकाई तथा बजारमै जोड दिए अहिले निकै राम्रो भएको छ । वार्षिक सात लाख भन्दा बढिको आम्दानी हुन्छ । जेहोस आफ्नो ब्यवसायबाट सन्तुष्ट छु ।

उनी भन्छन काम र दामको खोजीमा शिक्षित युवा खाडीमुलुकमा पसिना बगाउन बाध्य छन् । आफ्नै देशमा घरपरिवारसँगै बसेर अर्थोपार्जन गर्न पाउँदा आनन्द लागेको छ ।

सम्पर्क – तारा प्र्रसाद पाण्डे ( ९८५७०३९३४१ )
माडी टर्की फार्म माथागढी, २ पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *