यो बर्षको पहिलो तीज गीत जरुरी कुरा छ बजारमा

बुटवल, असार १ ।  असार लागे संगै २०७५ सालको हिन्दु नेपाली महिलाहरुको महान पर्व तीज का गीत बजारमा आउने क्रम सुरु भएको छ ।

यहि क्रममा यो वर्षको पहिलो तीज गीतका रुपमा गायत्री थापाको तीज कोशेली एउटा जरुरी कुरा छ बजारमा आएको छ ।

मान्छे काली काली सिउदो रैछ खाली
हातमा हरियो चुरा छ..हातमा हरियो चुरा छ
घरमा फुलको बोट जसरीनी भेट
एउटा जरुरी कुरा छ..एउटा जरुरी कुरा छ

बोलको गीतमा शब्द, लय महेन्द्र भण्डारी अनि खुमन अधिकारी र देवी घर्तीको आबाजमा सजिएको छ ।

गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । शिव दर्शन फिल्मले बजार व्यबस्थापन गरेको म्युजिक भिडियोमा अभिनय अहिलेका चर्चित मोडलहरु अञ्जली अधिकारी र निर्मल क्षेत्रीको रहेको छ ।

सुमन थापा मगरको निर्देशन, पाल्पाली फिल्मको दृश्य निर्माण रहेको भिडियोको छायांकन करन चैसिरले गरेका हुन ।

गीत हेर्नुहोस –

याे गीत पनी हेर्नुहाेस –

महेश र इन्दिराको मन्द मन्द बजारमा

झविन्द्र भण्डारी, बुटवल, जेठ ३१ । महेश र इन्दिराको मन्द मन्द बजारमा

नेपाली सुगम सांगीतिक बजारमा मन्द मन्द बोलको गीत रिलिज संगै बजार पाएको छ ।

म्युजिक नेपाल मार्फत बजारमा आएको गीत डान्सिङ्ग नम्बर लोक पप विटमा रहेको आधुनिक गीत हो ।
यो गीत विशेष त सबैखाले पुस्तालाई समेट्ने गरी तयार गरिएको हो । त्यसमा पनि युवा पुस्तालाई त झन प्राथमिकतामा राखिएको छ ।

अलिकति प्रौढ अबस्थाका पुस्तालाई पनि आफ्नो विगतको युवा अबस्थालाई झस्काउदै मायाको आभाष गराउँछ । गीत संगीतका हिसाबले पनि नौलो स्वाद मेटाउने प्रयास गरिएको छ ।

मन्द मन्द मुस्कानले लठ्यै पारेउ मलाई बोेलको गीत महेश खरेलको शब्द , खेम थापाको संगीत तथा इन्दिरा विश्वकर्माको आबाजमा सजिएको छ ।

सलिना म्युजिक प्रा.ली.ले बजार व्यबस्थापन गरेको गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । काठमाण्डौका विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको गीतमा अभिनय अहिलेका चर्चित मोडलहरु विमल अधिकारी र शान्ती सुनारको रहेको छ ।

कपिल लामाको निर्देशन र सुजन साहिको सम्पादन रहेको गीतको राजेश घिमिरेले छायांकन गरेका हुन ।

हेर्नुहोस गीत –

Leave a Reply

Your email address will not be published. Required fields are marked *