प्रधानमन्त्री ओली भन्छन्-एउटै जन्ममिति भएको म एक्लै पो रहेछु कि !

फाइल फोटो

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् ।

एमाले र माओवादी सांसदहरुलाई संयुक्त प्रशिक्षण दिँदै प्रधानमन्त्री ओलीलेआफू भन्दा कम उमेरका व्यक्तिले शपथ खुवाउन लागेको बताए ।

जेष्ठ सदस्यको हैसियतमा भोलि राजपा सांसद महेन्द्र राय यादवले सांसदहरुलाई सपथ खुवाउँदैछन् । उनको वास्तविक उमेर ६३ वर्ष हो तर, नागरिकतामा ८० वर्ष भएका कारण जेष्ठ सदस्य बनेका छन् ।

महेन्द्र राय यादवलाई आफूले भाइ भन्ने गरेको भन्दै उनले भने, भोलि नागरिकताको आधारमा उहाँ ज्येष्ठ सदस्य हुनु भयो । सबैलाई शपथ खुवाउँदै हुनुहुन्छ ।’

यथार्थ उमेर भन्दा नागरिकतामा बढी उमेर भएकोले यस्तो भएको उनले बताए । एमाले अध्यक्ष समेत रहेका प्रधानमनत्री ओलीले अघि भने, ‘एउटै मात्रै जन्ममिति भएको म एक्लै पो रहेछु कि क्या हो ।’

‘जन्ममितिः २००८ साल फागुन ११ गते शनिबार ।’

आफू भन्दा कान्छा व्यक्तिलाई बढी उमेरको भन्दै उनीबाट शपथ लिनुले देश कस्तो रहेको भन्ने देखाएको उनले बताए । ओलीले भने, ‘धेरै जन्ममिति भएका न्यायाधीश छन्, सांसद छन्, मन्त्री छन् ।’

प्रशिक्षणका क्रममा उनले राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनित गरेको नाममा अदालतले अनावश्यक बखेडा झिकेको बताए ।

सरकारले आˆनो क्षेत्राधिकार भित्र रहेर सिफारिश गरेको भन्दै उनले राष्ट्रपतिले मनोनित गरिसकेपछि सकिएको बताए ।

Let's block ads! (Why?)

Leave a Reply

Your email address will not be published. Required fields are marked *